सिटिजन्स बैंकको वितरणयोग्य मुनाफा ६१ करोड

अर्थकागज
प्रकाशित: १९ साउन २०८१
Image description

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा गिरावट देखियको छ ।

असार मसान्तसम्ममा बैंकले १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा १ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ थियो।

यो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी १९.३२ प्रतिशतले घटेको छ। गत आर्थिक बर्षको अन्तिमसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६१ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आयको छ। समीक्षा अवधिमा बैंकको ईपिएस घटेर ९ रुपैयाँ ४५ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.४७ गुणा रहेको छ। बैंकको खराब कर्जा बढेर ४.०७ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा बैंकको खराब कर्जा ३.३९ प्रतिशत रहेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर