माछापुच्छ्रे बैंकको नाफामा गिरावट, वितरणयोग्य मुनाफा २४ करोड ऋणात्मक
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा बैंकले ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५.५६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.५५ प्रतिशत घटेको छ । त्यसैगरी, सञ्चालन मुनाफा पनि १३.१९ प्रतिशतले घटेको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ४ रुपैयाँ २५ पैसा ऋणात्मक रहेको छ।
बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८६ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा रहेको छ । त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १४.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ।
प्रतिक्रियाहरू
Nathunisah Sah
2 years ago
Ramro grahk htauney r bijnes grney sang sambandh bigareny ani key hunch hjur yo Nepal ho sir 9807810201
Shares