सपोर्ट लघुवित्तको १३ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा

अर्थकागज
प्रकाशित: २६ असार २०८१
Image description

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट पारित गरेको १३ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ।

लघुवित्तको २०८० चैत १७ गते सम्पन्न ९ औँ वार्षिक साधारण सभाले १३ प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनका लागि ०.६८ प्रतितश नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

साथै २०८० पुस १५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको र सो मिति पश्चात् अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः सेयर शेयर जम्मा हुने व्यवस्था गरिएको लघुवित्तले जनाएको छ ।

त्यतै हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुले आफ्नो ‍ सेयर अभौतिकीकरण गराई आफ्नो बोनस सेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने जनाएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ लिमिटेड रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर