लक्ष्मी सनराइज बैंकको सेयर आजबाट कारोबारमा आउने


काठमाण्डौ । सफल मर्जरपछि लक्ष्मी सनराइज बैंकको सेयर (आज) सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।
नेपाल स्टक एक्सचेन्ज आइतबार सेयर सूचीकृत भएसँगै आजदेखि कारोबार खुल्ने भएको हो ।
नेप्सेमा लक्ष्मी सनराइज बैंकको नाममा कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर सूचीकृत भएको थियो । नेप्सेले मर्जरपछि बनेको लक्ष्मी सनराइज बैंकलाई ‘एलएसएल’ कारोबार संकेत प्रदान गरेको छ ।
नेप्सेले मर्जरपछिको पहिलो कारोबार लक्ष्मी सनराइज बैंकलाई प्रतिकित्ता १७३.०५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।
आज यही मूल्यबाट यो बैंकको सेयर कारोबारमा आउनेछ । नेप्सेले असार २९ गतेबाट मर्जर प्रयोजनका लागि यी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको थियो ।
साबिक लक्ष्मी र सनराइज बैंक १ः१ अनुपातमा मर्ज भएका हुन ्। यी दुवै बैंकले गत असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए ।
Shares