उपाधिका लागि नेपाल र ओमनबीच आज खेल हुँदै
प्रकाशित:
१८ कात्तिक २०८०
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको एशिया छनोटको उपाधिका लागि आज (कात्तिक १७ गते) नेपाल र ओमानबीच खेल हुँदैछ।
यी दुई बीचको खेल बिहान ११ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।
नेपालले यस अघि पनि यही विश्वकप छनोट प्रतियोगितामा ओमानको सामना गरिसकेको छ। समूह ए मा रहेका यी दुबै टोलीले समूहचरणको अन्तिम खेल खेलेका थिए। सो रोमान्चक खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो।
अर्को वर्ष वेस्ट इण्डिजमा हुने टी–२० विश्वकपमा यी दुबै टोली छनोट भइसकेका छन्।
सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गरेको थियो भने ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको थियो।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares