सानिमा इक्वीटी फण्डले पठायो लाभांश, तपाईँको खातामा आयो ?
प्रकाशित:
२२ असोज २०८०
काठमाडौँ । सानिमा इक्वीटी फण्डले लाभांश वितरण गरेको छ ।
सानिमा क्यापिटल लिमिटेडद्वारा व्यवस्थापनमा रहेको सानिमा इक्वीटी फण्डले गत आर्थिक वर्ष ०७९र८० को मुनाफाबाट कर समेत १८ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
लाभांश वितरण गर्ने प्रयोजनका लागि फण्डले असोज १४ गते बुकक्लोज गरेको थियो । त्यसैले, असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने इकाईधनीहरूलाई फण्डले असोज २२ गतेदेखि लाभांश पठाएको हो ।
बैंक खातामै नगद लाभांश जम्मा गरिने भएकाले हालसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथासिघ्र गराउन फण्डले आग्रह गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares