गरिमा विकास बैंकले सिईओ ढकाललाई बाइबाइ गर्ने, माधव प्रसाद उपाध्यायलाई सिईओ नियुक्त !
काठमाडौ । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा माधव प्रसाद उपाध्याय नियुक्त हुने भएका छन् ।
कम्पनीको चैत्र १४ गते बसेको सञ्चालक समितिको बैठकले अहिलेका बैंकका उपप्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव उपाध्यायलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उनी आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।
बैंकको सिइओमा अहिले गोविन्द प्रसाद ढकाल रहेका छन् । उनको कार्यकाल यही चैत ३० गते समाप्त हुँदैछ । बैंकले कमपनी सचिवमा सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई नियुक्त गरेको छ ।
प्रतिक्रियाहरू
Indramani yadav
2 years ago
Accept
Indramani yadav
2 years ago
Accept
Shares