सुर्वोदय वोमि लघुवित्तले साउन ४ गतेदेखि एफपिओ निष्काशन गर्ने, कसले दिने आवेदन ?
काठमाण्डौ । सुर्वोदय वोमि लघुवित्त वित्तिय संथा लिमिटेडले साउन ४ गतेदेखि थप सार्वजनिक निष्काशन(एफपिओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
लघुवित्तले सर्वसाधारणको लागि १०० रुपैयाँ अंकित दरका ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँ बराबरको ४६ हजार ७२९.५४५ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
लगानीकर्ताले साउन ८ गतेसम्म न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
साविकको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड ्र मर्जर भई बनेको लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड ७ लाख ७२ हजार ५०८.५० रुपैयाँ रहेको र पूँजी संरचना संस्थापक शेयरको हिस्सा ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको हिस्सा २९.६४ प्रतिशत रहेकोले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुऱ्याउनका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको ्कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुनाले लघुवित्तले एफपिओ निष्काशन गरेको हो ।
प्रतिक्रियाहरू
Indra Singh
1 year ago
Hello
Indra Singh
1 year ago
Hello
Shares