एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

प्रकाशित:
११ भदौ २०८०

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
आइतबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
यस एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हालको पुँजी रु.१,४५९,२७५,७९०.५०/– को प्रति सेयर अंकित रु.१००/– को दरले १० कित्ता सेयरको ६.६ को अनुपातमा ९,६३१,२२०.२२ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares