९ करोड चुक्ता पूँजी रहेको युनिलिभर नेपालको रिटर्न अर्निङमा ४ अर्ब रुपैयाँँ, इपिएस २ हजार बढि

अर्थकागज
प्रकाशित: २७ साउन २०८१
Image description

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

यस अवधिमा कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६२ प्रतिशत बढि हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीले ८ अर्ब २३ करोड बिक्रि आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर २ हजार १४४ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ ५ हजार २८५ रुपैयाँ रहेको छ । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटर्न अर्निङमा ४ अर्ब ७७ करोड रुपैयाँ छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर