४६ प्रतिशतले बढ्यो ओरियन्टल होटलको नाफा

अर्थकागज
प्रकाशित: २७ माघ २०८०
Image description

काठमाडौं । ओरियन्टल होटल लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

समीक्षा अवधिमा होटलले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.२४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा होटलले ५६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५७ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ४३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस अवधिमा होटलको कुल खर्च २२.६८ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ३५.२१ प्रतिशत बढेको छ।

१ अर्ब १२ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा २ अर्ब ७३ करोड ६४ लाख रुपैयाँ रहेको छ । होटलको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ३४२ रुपैयाँ ५८ पैसा छ ।

प्रतिक्रियाहरू

nKvtVXxE

2 years ago

GlqYzCwFTjZ

nKvtVXxE

2 years ago

GlqYzCwFTjZ

nKvtVXxE

2 years ago

GlqYzCwFTjZ

सम्बन्धित खबर