स्वर्णिम र शिशिरसँगको फोटो शेयर गर्दै प्रधानमन्त्री शाहले भने- निकै मिहिनेती मान्छेहरू !
प्रकाशित:
०८ मंसिर २०८३
काठमाडौं । भारत भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो भ्रमण टोलीका सदस्यहरूको प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालको तस्बिरसहित उनीहरूलाई ‘देश उभो लगाउने टोली, निकै मिहिनेती मान्छेहरू’ भन्दै प्रशंसा गरेका हुन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि सहभागी भएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई भ्रमण टोलीका सदस्यहरूको कामप्रतिको प्रशंसाका रूपमा हेरिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares