नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा १०% छुट पाउने

अर्थकागज
प्रकाशित: ०५ फागुन २०८०
Image description

काठमाण्डौ । नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हेयर एण्ड शान्तिबीच समझदारी भएको छ । उक्त समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सलुनकी सञ्चालक बिनीता बुढाथोकीले हस्ताक्षर गरेका छन् ।समझदारी अनुसार नबिल बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिती कार्ड, एन बैंक वा बैंक ट्रान्सफर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यस्तो छुट हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्ट लगायत अनुहार र सौन्दर्य लगायत सम्पूर्ण सेवामा उपलब्ध हुने उल्लेख गरिएको छ ।

नबिल बैंकले देशभर २६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ ।

 

प्रतिक्रियाहरू

सम्बन्धित खबर