नेप्सेमा छ्याङ्दी हाइड्रोपावरको हकप्रद सूचीकृत

अर्थकागज
प्रकाशित: ०८ भदौ २०८२
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा छ्याङ्दी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर सूचीकृत भएको छ। आज कम्पनीको १०० प्रतिशतले हुन आउने ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता शेयर सूचीकृत भएको हो।

कम्पनीले जेठ २३ गतेदेखि असार २७ गतेसम्म हकप्रद बिक्री गरेको थियो। कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित खबर