कामना सेवा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक
कामना सेवा विकास बैंक लिमिटेडले चैत्र १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।
त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ६.४० देखि ८.१५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । ब्यक्तिगत मुद्दति निक्षेपमा ६.९५ देखि ८.१५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ६.४० देखि ६.५० प्रतिशत ब्याज दिने छ भने । बैंकको आधार दर १०.९५ प्रतिशत रहेको छ ।
प्रतिक्रियाहरू
सबिन घले
2 years ago
बैंक हरु ले दिने ब्यज दर धेरै थोरै भयो अनि हामिले बैंक बाटा लोन लिदा चहि कति ब्यज लाक्छा।
सुगत प्रसाद कायस्थ
2 years ago
यस बैंकले राम्रो निती नेपाली मा ल्याउनु भएको मा यस बैक लाई धन्यवाद
Shares