नेप्सेमा गुराँस लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनका लागि आज असोज १६ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले हिजोसम्म नेपाल स्टक नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्रात गर्न सक्नेछन् ।
लघुवित्तको १४.२५ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता १ हजार ८ सय १८ रुपैयाँ ८० पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेमा मंगलबारको अन्तिमा कारोबार मूल्य १ हजर ५ सय ९१ रुपैयाँ ९५ पैसालाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश सहित १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
Shares