आइतबार उपत्यकामा सार्वजनिक बिदा, सेयर बजार पनि बन्द !

अर्थकागज
प्रकाशित: १७ साउन २०८१
Image description

काठमाडौं । सरकारले आईतबार उपत्यकामा सार्वजनिक बिदा दिने भएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यस दिन काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी सूचनामा उल्लेख छ । सरकारले परम्परागत रुपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ । उपत्यकामा विदा भएसँगै सेयर बजार पनि बन्द हुने भएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर