कुमारी बैंकको १६ हजार कित्ता शेयर बिक्रीमा
प्रकाशित:
०५ माघ २०८१
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको १६ हजार ७६७ कित्ता शेयर बिक्रीमा राखेको छ। यो शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन्। शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा बैंककै प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।
बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ। साथै ३५ दिनभित्र उक्त शेयर बिक्री नभएमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares