लाईफ इन्स्योरेन्स कर्पोरेशनले डाक्यो साधारणसभा, के-के छन् प्रस्ताव ?

प्रकाशित:
२३ जेठ २०८१

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितीको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो ।
उक्त निर्णय अनुसार कम्पनीको २२ औँ बार्षिक साधारणसभा आगामी असार १३ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमन विहान ११ः४५ बजेका लागि साधारणसभा बोलाइएको हो । कम्पनीले गत बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको छैन ।
सभाले गत आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदन, अध्यक्षको बार्षिक प्रतिवेदन, लेखापरिक्षक नियुक्ती र पारिश्रमिक सम्बन्धी प्रस्ताव पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ त्यसैले जेठ ३१ गतेसम्म कायम सेयरधनी मात्र सभामा सहभागि हुन पाउने छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares