राष्ट्रिय बीमा कम्पनीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

अर्थकागज
प्रकाशित: २८ असार २०८२
Image description

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा आज अनमोल क्याटरिङ्ग सर्भिस.प्रा.लि. शंखमुल, काठमाडौंमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा सम्पन्न बार्षिक साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा/ नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचिहरु मथि छलफल गरी पारित गरेका छ ।

सभामा बोल्ने अधिकांश सेयरधनीहरुले हरेक वर्ष बार्षिक साधारणसभा गर्न अनुरोध गरका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर