सिटिजन्स बैंकका ग्राहकलाई द द्वारीकाज् होटलमा छुट

अर्थकागज
प्रकाशित: १३ कात्तिक २०८०
Image description

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बत्तिसपुतली, काठमाडौं स्थित द द्वारीकाज् होटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले द द्वारीकाज् होटल द्वारा सञ्चालित माकोज् रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा १०% सम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले उल्लेख गरेको छ ।

बैंकले १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर