अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले निश्कासन गर्ने, बोलायो साधारणसभा

अर्थकागज
प्रकाशित: ०३ फागुन २०८१
Image description

काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निश्कासनको प्रस्तावलाई विशेष एजेण्डा बनाएरे फाल्गुन २५ गते बिहान ८ बजे स्टार कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौंमा साधारणसभा बोलाएको छ । कम्पनीले सभामा आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०८१÷८२ का लागि लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्ताव पारितको लागि प्रस्तुत गर्नेछ । त्यसै गरी कम्पनीले सभामा म्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने सम्बन्धमा छलफल गर्ने र नियामक निकायहरूको निर्देशनअनुसार नियमावली परिमार्जन तथा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतको विशेष प्रस्ताव लैजाने भएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर