के हो सर्ट सेलिङ ? यसका तीन फाइदा !

अर्थकागज
प्रकाशित: ०७ भदौ २०८०
Image description

संसारका प्राय धेरै देशहरूमा सेयर बजारमा सटसेलिङको सुविधा हुँदा नेपालमा अहिलेसम्म त्यसको कुनै सुरसार नै छैन । सर्ट सेलिङ यस्तो सुविधा हो जसले मार्केट वियरिस हुँदापनि कारोबारीलाई कमाउने अवसर दिन्छ ।

अर्थात बजार अथवा कुनै स्टक अब घट्छ भन्ने पुर्वानुमान गरेर आफुसँंग नभएको सेयर बेचिन्छ र बेचेको मुल्य भन्दा तल आउँदा त्यो स्टक किनेर कारोबार सल्टाइन्छ । उदाहरणका लागि कुनै स्टक ५०० मा बेचियो र घटेर ४५० आउँदा किनेर पहिले बेचेको सेयर पुर्ती गरियो भने ५० फाइदा हुन आउँछ । जबकी नेपालको बजार एकतर्फी मात्र हुनाले पहिले किनेको सेयर बढ्दा मात्र कमाउने अवसर हुन्छ ।

यसका फाइदाहरुः

१) बजार बढ्दा या घट्दा दुइतर्फी कारोबारी सक्रिय हुनाले अत्यधिक मात्रामा कारोबार हुने सरकारको राजस्व बढ्ने ब्रोकर कमिसनले गर्दा ब्रोकरहरुको आम्दानी बढ्ने ।

२) सर्ट सेल गरेर बसेका कारोबारीले नियमानुसारको टाइमफ्रेममा फेरि किनेर सल्टाउनै पर्ने हुँदा अहिले जस्तो बजार धेरै तल जाने संभावना नहुने बजारलाई ब्यालेन्समा राख्न मद्दत पुग्ने । आर्थिकमन्दी हुँदापनि अरु देशको मार्केट त्यति नघट्नुको एउटा कारण दुइर्तर्फी बजार हुनुपनि हो ।

३) सर्ट सेलिङ्को सुविधा भएपनी लङटर्म सेयर होल्डरलाई यसले कुनै असर नगर्ने । कम्पनीको ग्रोथ राम्रो भए स्वाभाविक रुपले सेयरमूल्य बढ्ने नै हो बोनस क्यासपनि पाइने नै हो । भनिन्छ नि .. बजार मानिस जीवजन्तू जाने माथि नै हो ।


प्रतिक्रियाहरू

Dev karki

2 years ago

its very good. it should be implemented immeditely

Manish yadav

2 years ago

This is right because after shortselling market will get right option to grow up

सम्बन्धित खबर