माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड सम्पन्न, यि लिंकबाट हेर्नुहोस् नतिजा
काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज शुक्रबार बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको केन्द्रिय कार्यालयमा बाँडफाँड सम्पन्न भएको छ ।
कम्पनीले असार ३ देखि असार ८ गतेसम्म सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा २८ लाख ६२ हजार ९ सय ९ जनाले आवेदन दिएका थिए । जस मध्ये २८ लाख १५ हजार ६ सय ७९ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। आईपीओको लक्की नम्वर ९ रहेको छ । जसमा १ लाख ४२ हजार ७ सय ६० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।
नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ ।
आईपीओ हेर्नेको लागि लिंकहरु
https://mer.cdsc.com.np/#/login
https://iporesult.cdsc.com.np
Shares