एसके इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

प्रकाशित:
२८ माघ २०८१

काठमाडौं । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
प्रतिशेयर अंकित मुल्य रु. १००/- दरका २०,८०,००० कित्ताले हुन आउने रकम रु. २०,८०,००,०००/- (अक्षरुपी वीस करोड असी लाख मात्र) बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । यसैक्रममा एसके इनर्जीका तर्फबाट अध्यक्ष वीरबहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कम्पनीले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares