बम्पर लाभांश र हकप्रद पारित गर्न सन नेपाल लाइफले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थकागज
प्रकाशित: १६ वैशाख २०८१
Image description

सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले आज सोमबार एक सूचना जारी गर्दै लाभांश तथा हकप्रद पारितको प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको ७ औँ वार्षिक साधारण सभा जेठ ९ गते, बुधबार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौँमा बिहान ११ बजेदेखि शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.२५ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ वैशाख २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ जसअनुसार वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रियाहरू

Subaraj khadka

2 years ago

अति राम्रो

narayan Bastola

2 years ago

अझ प्रभावकारीता , लोकप्रीयता , वीस्वसनीयता मा बीमा गराउन सकोस सुभकामना !

सम्बन्धित खबर