कुमारी बैंकका यि हुन् २२ ठूला सेयरधनीमा नेपालका चर्चित व्यवसायीहरु, कसको सेयर स्वामित्व कति ?
काठमाण्ठौ । कुमारी बैंठका ठूला सेयरधनीमा नेपालका चर्चित एवम् सफल व्यवसायीहरु रहेका छन् । बैंकको २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार अमिर प्रताप ज.ब. राणा, पशुपति मुरारका, मीन बहादुर गुरुङ्ग, एन.बि ग्रुप लगायतका व्यवसायीहरु रहेका छन् । सवै भन्दा धेरै सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको रहेको छ । कोषको ८३ लाख ६३ हजार ११३ कित्ता अर्थात ३.१९ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यसै गरी बैंकको संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको ५२ लाख ९० हजार ५८१ कित्ता अर्थात २.०२ प्रतिशत, सिटिजन्स इन्भेष्टमेन्टको ४४ लाख ८९ हजार १७२ कित्ता अर्थात १.७१ प्रतिशत, भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा.लिको ३८ लाख ६७ हजार ८८६ कित्ता, १.४७ प्रतिशत, जानुकी कुमारी ज.ब. राणा शाहको ३४ लाख ६ हजार ९२६ कित्ता अर्थात १.३० प्रतिशत, एन.बी. समूह (नेपाल) प्रा. लिकोे १९ लाख ५० हजार ९४४ कित्ता अर्थात ०.७४ प्रतिशत, पशुपति मुरारको १८ लाख १८ हजार ४३२ कित्ता अर्थात ०.९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीहरु
Shares