सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २५ मंसिर २०८१
Image description

काठमाडौं । सानिमा माई हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमध्ये १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारणसभा बोलाएको छ। सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने समेत निर्णय गरेकोले पुस ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।



प्रतिक्रियाहरू

सम्बन्धित खबर