ग्लोबल आइएमई बैंकको ९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
प्रकाशित:
११ मंसिर २०८०
काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको । मंसिर १२ अर्थाृत आजसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।
किनभने यस कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार मंसिर १३ गते बुक क्लोज गर्दैछ ।
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावित लाभांश पारित गर्न यस बैंकले मंसिर २८ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । सभा, नेपाल प्रज्ञा पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares