रिडी पावरले डाक्यो साधारणसभा

प्रकाशित:
१३ कात्तिक २०८१

काठमाडौं । रिडी पावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको कार्तिक १२ गते बसेको संचालक समिती बैठकले मंशिर ७ गतेका लागि २३ औँँ साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।
कम्पनीको २३ औँ बार्षिक साधारणसभा मंशिर ७ गते आईतबार होटल क्रिष्टल पशुपति,गौशाला काठमांडौमा सुरु हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरणको प्रस्ताव गरेको छैन ।
सभाले आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगाएता ऐजेन्डा पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले कार्तिक २९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ त्यसैले कार्तिक २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares