माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँ८ आज सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा, काठमाडौंमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो । माग भन्दा धेरै आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट बाँडफाँड भएको थियो । आईपीओ बाजे लक्ष्मण श्रेष्ठले बल तानेका थिए । कम्पनीले साउन २६ देखि २९ गतेसम्म आईपीओ निष्काशन गरेको थियो।
कम्पनीले आफ्नो जारी पुँजीको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँका दरले १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसअनुसार पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा कम्पनीले ७५ हजार २६६ कित्ता सामूहिक लगानी कोष र ३० हजार ९५ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।
प्रतिक्रियाहरू
Tejab Budha
1 year ago
Dhansupa@2905
Chakra Bahadur Mahatara
1 year ago
Result
Parbati Adhikari
1 year ago
कुनै फर्वत नहुनु पर्ने हो
Umakanta regmi
1 year ago
No
Shares