हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

अर्थकागज
प्रकाशित: २५ पुस २०८०
Image description

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाटे लाभांश घोषणा गरेको छ ।

पुस २५ गते बसेको संचालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले ८.६३ प्रतिशतले हुन आउने १९ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ६.६३ प्रतिशतले हुन आउने १४ करोड ६६ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव अघि बढाएको हो । उक्त लाभांश नियामक निकायबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर