कृषि बिमालेख बिक्री नरोक्न बिमा प्राधिकरणको निर्देशन

प्रकाशित:
१३ वैशाख २०८१

काठमाडौं : कृषि बिमालेख बिक्री नरोक्न नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । नेपाल बिमक संघबाट जारी भएको विज्ञप्तिमा ध्यानाकर्षण गराउँदै प्राधिकरणले भ्रम सिर्जना नगरी उक्त कार्य नरोक्न निर्देशन दिएको हो ।बिमा कम्पनीहरुले कृषि बिमामा अनुदानबापतको रकम सरकारबाट नआएको भन्दै बिमालेख बिक्री नगर्ने भन्दै बिमक संघले सूचना जारी गरेका थिए । बुधबार फेरि त्यही पुरानै धारणा दोहोर्याउँदै बिमक संघले पुनः विज्ञप्ति जारी गरेको थियो । उक्त विज्ञप्तिलाई लक्षित गर्दै प्राधिकरणले बिमालेख बिक्री र दाबी भुक्तानी नरोक्न निर्देशन दिएको हो । नेपाल बिमक संघबाट २०८१ बैशाख १२ गते जारी कृषि बिमासम्बन्धी विज्ञप्तिबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको यस प्राधिकरणको जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares