इप्पानको साधारणसभा असार ३१ गते, सभामा भाग लिन २७ गतेसम्म सदस्यता नवीकरण गर्नु पर्ने
प्रकाशित:
१२ असार २०८२
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले असार ३१ गते होटेल याक एण्ड यतिमासाधारणसभा बोलाएको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को लागि कार्यकारीणी समितिको तर्फबाट अध्यक्षको प्रतिवेदनमाथि छलफल तथा अनुमोदन गर्ने, आर्थिक वर्ष २०८० / ८१ लेखा परिक्षकको प्रतिवेदन छलफल गरी अनुमोदन गर्ने, आर्थिक वर्ष २०८१ / ८२ को लागि लेखा परिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र २३औं वार्षिक साधारण सभाको माइनुट (Minute) मा हस्ताक्षर गर्नको लागि यस साधारण सभामा उपस्थित सम्पूर्ण सदस्यको तर्फबाट एक सदस्य चयन गर्ने गर्नेछ । त्यसै गरी सभाले इप्पान आर्थिक कार्यविधि, २०८१ र इप्पान नीति अनुसन्धान कोष सञ्चालन कार्यविधि, २०८१ अनुमोदन गर्नेछ ।
इपानले साधारणसभामा भाग लिनको लागि असार २७ गतेसम्म सदस्यता नविकरण गरिसकन आग्रह गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares