उदयपुरको तीन सडक योजनाको हाकिम एउटै

माधव पोखरेल
प्रकाशित: २६ वैशाख २०८१
Image description

 उदयपुर । जिल्लामा प्रत्येक कार्यालयका हाकिम कार्यालय पिच्छे फरक फरक हुन्छन । तर उदयपुर जिल्लामा संचालित तीन सडक योजना संचालनमा रहेको छ भने तीनै योजनाको हाकिम एक जनामात्र योजना प्रमुखका रुपमा डिई सञ्जय मिश्र रहेका छन् ।

जिल्लाको सबैभन्दा पुरानो सडक योजना गाईघाट दिक्तेल सडक योजना आर्थिक वर्ष २०५२।०५३ देखि संचालनमा रहेको छ । अर्को मदन भण्डारी लोकमार्ग आर्थिक वर्ष २०६७।०६८ देखि बैकल्पिक लोकमार्गका नामबाट प्रारम्भ भएको हो भने पछि मदन भण्डारी लोकमार्ग नामाकरण गरिएको हो ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका समयमा मधेश आन्दोलन हुँदा पूर्व पश्चिम लोकमार्ग बन्द भएपछि सो लोकमार्गको विकल्पमा बैकल्पिक लोकमाग्ृका रुपमा निर्माण शुरु गरिएको थियो ।

तेस्रो मिर्चैया कटारी घुर्मी सडक योजना पनि उदयपुरमै संचालनमा रहेको छ । यसलाई सिद्धिचरण लोकमार्गका नामले पनि चिनिन्छ । यि तीनैवटा सडक योजनाको काम एक जना डिईले हेरिरहेका छन् । तीन वटै सडक योजनामा काम खासै नभएकोले भौतिक प्रर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको निर्णय अनुसार आफूलाई योजना प्रमुखको जिम्मेवारी दिइएको तीनवटै सडक योजनाका योजना प्रमुख डिई सञ्जय मिश्रले बताए ।

यि तीनबटै सडक योजना उदयपुरमै संचालित रहेको तर मदन भण्डारी लोकमार्गको काम भने सकिएकोले अब ठेकेदारले गर्नु पर्ने मर्मत संभारको काम रहेको छ । गाईघाटमा रहेको मदन भण्डारी लोकमार्गको कार्यालय गाईघाट दिक्तेल सडक योजनामा गाभिएर काम भैरहेको योजना प्रमुख डिई मिश्रले बताए ।

आफ्नो दरबन्दी मिर्चैया कटारी घुर्मी सडक योजनामा रहेको र हप्तामा एक दिन गाईघाट दिक्तेल सडक योजनामा आउने र बाँकी ५ दिन कटारी स्थित मिर्चैया कटारी घुर्मी सडक योजनामा बस्ने गरेको जानकारी दिंदै डिई मिश्रले बजेट नभएका कारण सडकको काम नभएको केवल कार्यालय संचालन मात्र भएको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर