सर्वोत्तम सिमेन्टको साधारणसभा आज, १५ प्रतिशत लाभांश पारित हुँदै

अर्थकागज
प्रकाशित: ११ वैशाख २०८१
Image description

सर्वोत्तम सिमेन्ट कम्पनीको पाँचौ वार्षिक साधारणसभा आज वैशाख १२ गते होटल भिलासा, रुपन्देही, भैरहवामा विहान १० बजेदेखि सुरु हुनेछ ।

सभाले कम्पनीको हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत (कर सहितं) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले कुल ६९ करोड ७५ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन र लेखा परिक्षक नियुक्तिको प्रस्ताव पारित गर्दै आगामी कार्यकालका लागि ५ जना सञ्चालकहरुको चयन समेत गर्नेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि चैत्र ३० गते बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले चैत्र २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्नसक्ने छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर