'अस्थायी ताल फुटेको छैन, भरिएर बग्न थालेको हो'
प्रकाशित:
११ भदौ २०८३
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बाढी बढ्दै गएपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर बनेको ताल भरिएपछि पानी बग्न थालेको छ ।
चीनले परराष्ट्र मन्त्रालयलाई दिएको पछिल्लो सूचनामा चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ठूलो अस्थायी ताल फुटेको नभई भरिएर बग्न थालेको बताइएको छ । भोटेकोशी नदीमा बाढी बहाव बढिरहेको र बाढी साढे १२ बजे स्याफ्रुबेंसी काटेको महाशाखाले जानकारी दिएको छ ।
बाढीको प्रभाव त्रिशूली नदीमा समेत पर्न सक्ने जोखिम रहेकाले त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares