बंगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभावः यी स्थानमा भारी वर्षाको संभावना

अर्थकागज
प्रकाशित: ०१ भदौ २०८२
Image description

काठमाडौं । नेपालमा हाल मनसुन सामान्य भन्दा केही कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ भारततिर सरिएकाले यसको प्रभाव कम भएको हो।


यद्यपि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको कारण देशका केही स्थानहरूमा वर्षा जारी रहने विभागले जनाएको छ।


आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, मधेस र लुम्बिनी प्रदेशको तराई तथा पहाडी भू–भागसँगै अन्य पहाडी क्षेत्रमा समेत मध्यम वर्षा हुने सम्भावना छ। साथै लुम्बिनीको तराई र बागमतीको पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।


आज राति भने कोशी र मधेस प्रदेशसँगै अन्य प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी स्थानहरूमा आंशिक बदली रहने अपेक्षा गरिएको छ। मधेस, कोशीका तराई तथा पहाडी भू–भाग र अन्य प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, कोशीको तराई तथा बागमती र गण्डकीका पहाडी भू–भागमा केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर