आजदेखि स्वरोजगार लघुवित्तको एफपीओ बिक्री खुला

अर्थकागज
प्रकाशित: १७ फागुन २०८१
Image description

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन १८ गते) देखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।

लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपियाँबराबरको प्रतिशेयर १०० अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गर्न लागेको हो । लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

एफपीओ निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते हुनेछ । साथै, एफपीओ निष्कासनपश्चात् लघुवित्तको चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रूपियाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रियाहरू

कर्ण प्रसाद चौलागाईं

1 year ago

म पनि शेयरमा जाेडिन चाहन्छु ।

कर्ण प्रसाद चौलागाईं

1 year ago

म पनि शेयरमा जाेडिन चाहन्छु ।

कर्ण प्रसाद चौलागाईं

1 year ago

म पनि शेयरमा जाेडिन चाहन्छु ।

Bandana Ghimire

1 year ago

kati kittasammako aabedan dida thik hola???

सम्बन्धित खबर