चिरख्वा हाईड्रोपावरको आईपीओ विहिबार बाँडफाँट हुने

अर्थकागज
प्रकाशित: १५ कात्तिक २०८०
Image description

चिरख्वा हाइड्रोपावरले असोज २३ गते देखि सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयरको बाँडफाड भोलि विहिबार हुने भएको छ । कम्पनीको आईपिओ बिक्रि प्रबन्धक आरबिबि मर्चेन्टले आईपिओ बाँडफाँड बिहीबार बिहान ८ः३० बजे गरिने जनाएको छ ।

कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको थियो ।


कम्पनीले १०० अंकित दरका कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सार्वसाधारणलाई बिक्री खुला गरेको छ । जसमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ लाख ९५ हजार ३०० कित्ता पनि थप गरिएको छ ।

कम्पनीको आईपीओमा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० लागि आवेदन दिएका छन् । यो मागभन्दा १५।३६ गुणा बढी आवेदन हो । आवेदन बढी परेकाले आईपीओ बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर