युनाइटेड अजोडले १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डमा दियो आवेदन

अर्थकागज
प्रकाशित: ०८ असोज २०८१
Image description

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असोज ४ गतेबोर्डमा हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको हो ।

कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत अर्थात १ः०.१५ को अनुपातमा हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३१ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ। अनुमति पश्चात कम्पनीले हकप्रद निष्कासन गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर