शिखर इन्स्योरेन्सको नाफामा २६ प्रतिशतले बढोत्तरी, अन्य अवस्था कस्तो ?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।
यस अवधिमा कम्पनीले ३९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.२३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १६.०६ प्रतिशत प्रतिशतले बढि हो । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा २१.६९ प्रतिशत घटेको छ भने कुल खर्च २.५७ प्रतिशत घटेको छ।
२ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर १९ रुपैयाँ ६० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ४९ रहेको पैसा छ ।
Shares