बिफु नेपालद्धारा मौद्रिक नीति २०८२/०८३ सम्बन्धी नलेज शेयरिङ्ग कार्यक्रम आयोजना

अर्थकागज
प्रकाशित: २० साउन २०८२
Image description

काठमाडा । बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (बिफु) नेपालले मौद्रिक नीति २०८२/०८३ सम्बन्धी नलेज शेयरिङ्ग कार्यक्रम सोमबार काठमाडौंमा आयोजना गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई मौद्रिक नीतिको सफल कार्यन्वयनका लागि सहयोग पुग्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल राष्ट बेैकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेलले स्रोत व्यक्तिको रुपमा सहजीकरण गर्नुभएको थियो । उहाँले मौदिक नीतिले लिएको उद्धेश्य, कार्यदिशा, प्राथमिकता, मुद्रस्फीति नियन्त्रण, मुद्राको आपूर्ती, विदेशी मुद्रा, कर्जाको गुणस्तर सुधार गर्ने, बैंक तथा वित्तीय संस्थाले खेल्नु पर्ने भूमिकाका बारेमा गहिरोसँग विश्लषणात्मक प्रस्तुती दिनु भएको थियो । साथै उहांले सहभागिहरुको जिज्ञासा समेत समाधान गर्नुभएको थियो ।

विफु नेपालका अध्यक्ष धर्मप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पेसागत महासंघ नेपालका ईन्चार्ज रामेश्वर फुँयालको प्रमुख आतिथ्यता, विफु नेपालका उपाध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयले स्वागत मन्तब्य तथा उपमहासचिव पुरुषोत्तम आचार्यले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा पेसागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकाल, उपाध्यक्ष भोलाप्रसाद पोखरेल, विफुका ईन्चार्ज कमलप्रसाद पराजुली लगायत १५० भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर