जोशी हाइड्रोपावरको साधारणसभा स्थगित

अर्थकागज
प्रकाशित: १४ माघ २०८१
Image description

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नबौं र दशौं बार्षिक साधारणसभा स्थगित भएको छ । आज अर्थात माघ १५ गते सेलिब्रेशन हाईट सुकेधारा, काठमाडौंमा विहा १० बजे बोलाएको बार्षिक साधारणसभा स्थगित भएको हो । आज बोलाएको बार्षिक साधारणसभा हलमा भने सर्व साधारण सेयरधनीहरुको बाक्लो उपस्थिति रहेको थियो । संचालकहरुबीचको टकरावले बार्षिक साधारणसभा स्थगित भएको कम्पनीका एक कर्मचारीले बताए । ठुला सेयरधनीले प्रोक्सी नदिएपछि बार्षिक साधारणसभाको लागि संचालकहरुले कोरम नै पुर्याउन सकेनन् । गत आर्थिक वर्ष २०७९/ ८० मा पनि कम्पनीले नवौं बार्षिक बार्षिक साधारणसभा बोलाउन सकेन ।
यस आर्थिक वर्षमा एकै पटक दुई वटा बार्षिक साधारणसभा बोलाएपनि कोरम नपुगेपछि स्थगित भयो ।  पछिल्लो समय कम्पनीमा संचालकहरुबीचको टकरावले कम्पनी खस्किदो अवस्थामा रहेको छ । संचालकहरुले व्यक्ति गत खर्चलाई कम्पनीको नाममा बिल पेश गर्ने, कम्पनीको नाममा परिवार घुमफिर गर्ने, अनि कम्पनीको नाममा बिल पेश गर्ने गरेको एक कर्मचारी सुनाए । सेयरधनीलाई लाभांश दिने भन्दा पनि आफ्नो कार्यकालमा कसरी कम्पनीको पैसा आफ्नो आम्दानी बनाउने खेलमा संचालकहरु लागेको प्रेष्ट देखिन्छ ।कम्पनीले दुई आर्थिक वर्षको बार्षिक प्रतिवेदन ए फो साईजमा निकालेर जलविद्युत क्षेत्रको भद्धा मजाक समेत गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर