हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफामा ६३ प्रतिशतको बढोत्तरी, अन्य अवस्था कस्तो ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा कम्पनीले १८ करोड ४३ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.७३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ११ करोड २५ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले ४६ करोड ९९ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा २७.५२ प्रतिशतले बढि हो । त्यस्तै कुल आम्दानी समीक्षा अवधिमा ९.२१ प्रतिशत बढेको छ भने कुल खर्च ११.७२ प्रतिशत घटेको छ। त्यस्तै कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २.९१ प्रतिशतले बढेको छ ।
२ अर्ब ३० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग ३१ करोड २२ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ३० करोड ६५ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी बढेर १६ रुपैयाँ २ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ८५ पैसा छ ।
Shares