माण्डु इड्रोपावरको नाफामा ११ प्रतिशतले बृद्धि, अन्य अवस्था कस्तो ?


काठमाडौं । माण्डु इड्रोपावर कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा कम्पनीले १७ करोड ५ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.७८ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको बिद्युत बिक्रि आम्दानी ४ प्रतिशतले घटेर ४१ करोड ५२ लाख पुगेको छ गत बर्षको यसै अवधिमा कम्पनीले बिद्युत बिक्रिबाट ४३ करोड २७ लाख रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीको वित्तिय खर्चमा आएको गिरावटका कारण कम्पनीको बिद्युत बिक्रि आम्दानी घट्दा समेत खुद मुनामा बृद्धि भएको हो । समिक्षा अवधिमा कम्पनीको वित्तिय खर्च २३ प्रतिशतले घटेको छ ।
कम्पनीको नाफा बढेपनि प्रतिसेयर आम्दानीमा भने सामान्य गिरावट आएको छ । अघिल्लो बर्षको यहि अवधिको तुलनामा कम्पनीको चुक्ता पूँजी १३.६४ प्रतिशतले बृद्धि भएकाले ईपिएमा गिरावट देखिएको हो । कम्पनीको ईपिएस १.६४ प्रतिशतले घटेर २५.०२ रुपैयाँ पुगेको छ भने नेटवर्थ १३९.७९ रुपैयाँ रहेको छ ।
Shares