विश्व दृष्टि दिवसका अवसरमा नेत्रज्योतिद्धारा बाल सेवाघरमा आँखा परिक्षणसहित खाद्यान्न वितरण

अर्थकागज
प्रकाशित: १७ असोज २०८१
Image description

काठमाडौं । नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवसका अवसरमा बुधबार दक्षिणकाली नगरपालिका सतिदेविमा रहेको फेन्दे उत्थान केन्द्र, बाल सेवाघरमा निःशुल्क आँखा परिक्षण सहित खाद्यान्न वितरण गरेको छ ।

असोज २४ गते अर्थात अक्टोबर १० तारिखका दिन परेको विश्व दृष्टि दिवसका अवसरमा बाल सेवाघरमा रहेका करिब ४० जना बालबालिकाहरुको आँखा परिक्षण गरी चस्मा र औषधी आवश्यक देखिएका बालबालिकाहरुलाई निःशुल्क उपलब्ध गराइएको छ । त्यस्तै सोहि अवसरमा बाल सेवाघरका लागि आवश्यक खाद्यान्न सामाग्रि समेत हस्तान्तरण गरिएको हो ।

यो बर्षको विश्व दृष्टि दिवसमा बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिइएकाले खाद्यान्न सहयोग सहित बाल सेवाघरमा आँखा परिक्षण गरिएको बताउनुहुन्छ संघका महासचिव भरतबहादुर चन्द । ‘अहिले विश्वमा नै बालबालिकाहरुको आँखा स्वास्थ्यलाई प्राथमिकता दिई विश्व दृष्टि दिवस मनाईदै छ त्यसैले हामिले नेपालमा पनि बढिभन्दा बढि बालबालिकाहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै उनिहरुको आँखा स्वास्थ्यका बारेमा सबैलाई जनचेतना अभिबृद्धि गर्ने गरी कार्यक्रम संचालन गरिरहेका छौ’ महासचिव चन्दले भन्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै दक्षिणकाली नगरपालिका वडा.नं ५ का वडाध्यक्ष श्याम बहादुर खत्रीले संघलाई धन्यवाद दिँदै बालबालिकाहरु देशको भविश्य समेत भएकाले उनिहरुको आँखा स्वास्थ सबैको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।

आँँखा परिक्षण तथा खाद्यान्न वितरण कार्यक्रममा संघका कोषाध्यक्ष चिजकुमार मास्के संघका सल्लाहकार एबं नेपाल सरकारका पुर्व मुख्यसचिव लिलामणी पौडेल समेत सहभागि हुनुभएको थियो ।

सन् १९९८ को अक्टोवर ८ तारिखदेखि हरेक बर्ष अक्टोबर महिनाको दोस्रो बिहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउँदै आइएकोमा यो बर्षपनि असोज २४ गते(अक्टोबर १०) मा नेपालमा पनि ‘आँखालाई माया गरौं’ (बालबालिकाको आँखा उपचारलाई प्राथमिकतामा राखौँ) भन्ने नारा सहित विभिन्न कार्यक्रम गरि मनाईदै छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर