छिमेक लघुवित्तको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

अर्थकागज
प्रकाशित: २५ मंसिर २०८०
Image description

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश घोषणा गरेको हो । सोमध्ये ५ प्रतिशत बोनस सेयर रहेको छ भने १० प्रतिशत (कर सहित) नगद लाभांश रहेको छ ।

मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।


प्रतिक्रियाहरू

Kuber lal Shrestha

2 years ago

Haal ko Abastha ma Raamro ho

सम्बन्धित खबर