सिटिजन्स क्यापिटलको 'सिटिजन्स सदाबहार योजना' आजदेखि बिक्रीमा

अर्थकागज
प्रकाशित: १२ असार २०८२
Image description

काठमाडौं । सिटिजन्स क्यापिटलले आज असार १३ गतेदेखि खुलामुखी सामुहिक लगानी योजना (ओपन म्युचुअल फण्ड) को इकाई निष्काशन गरेको छ । क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिटिजन्स सदाबाहर योजना नामको खुलामुखी योजनाको इकाई निष्काशन गरेको हो ।

यस योजनाको आकार ५० करोड अर्थात् ५ करोड इकाईको रहेको छ । जस मध्ये ७५ लाख इकाई कोष प्रबर्दक सिटिजन्स बैंकलाई छुट्याईएको छ। बाँकि रहेको इकाई मध्ये प्रथम चरणमा ४ करोड २५ लाख इकाई सर्वसाधारणमा निष्काशन गरिएको हो ।

यस निष्काशनमा छिटोमा असार १७ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असार २७ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईको लागि दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले असार २ गते क्यापिटललाई ओपन म्युचुअल फण्ड संचालनको लागि अनुमति प्रदान गरेको थियो ।हाल नेपालमा ९ वटा ओपन म्युचुअल फण्ड रहेकोमा सिटिजन्सको यो फण्ड १० औं ओपन म्युचुअल फण्ड योजना हुने छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर