सिटिजन्स लगानी कोषका २ म्युचुअल फण्डको प्रतिफल घोषणा
प्रकाशित:
०१ भदौ २०८२
काठमाडौं । सिटिजन्स बैंक कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सिटिजन्स लगानी कोषअन्तर्गत सञ्चालित २ म्युचुअल फण्डहरुले गत आर्थिक बर्षको प्रतिफल वितरणको घोषणा गरेका छन् ।
सिटिजन्स लगानी कोषअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले कर सहित ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १२.७५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेका छन् ।
क्यापिटलले लाभांश वितरण प्रयोजनार्थ भाद्र १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ त्यसैले भदौ १२ गतेसम्म कायम इकाइधनीले उक्त प्रतिफल पाउनेछन्
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares